२०८२ फागुन ६ बुधवार , ०५:५४:२४ बजे

Sajhamanch
'

चिनियाँ व्यापारीसँगको गोप्य भेटले पेरुका अन्तरिम राष्ट्रपति ४ महिनामै पदमुक्त

बुधवार, फागुन ६, २०८२

झापा । पेरुको संसद्ले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटाएको छ । चिनियाँ व्यापारीसँगको भेटघाटबारे जानकारी नगराएको पद सम्हालेको चार महिनामै संसद्ले महाभियोगमार्फत जेरीलाई हटाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

संसद्मा भएको मतदानमा ७५ जना सांसदले महाभियोगको पक्षमा र २४ जनाले विपक्षमा मत दिएका थिए । गएको महिना सार्वजनिक भएका भिडियोहरूमा होजे जेरीले सरकारी तालिकाभन्दा बाहिर रहेर चिनियाँ व्यवसायी झिहुआ याङसँग भेटेको देखिएको थियो । याङमाथि सरकारी छानबिन चलिरहेको खबरमा उल्लेख छ ।

एउटा भिडियो जेरी रातको समयमा याङको रेस्टुरेन्टमा पुगेको देखिएको छ । होजे जेरी पदबाट हटाइने पेरुको लगातार तेस्रो राष्ट्रपति हुनुहुन्छ । संसद्ले नयाँ अन्तरिम राष्ट्रपति चयनका लागि आज मतदान गर्दैछ ।

सन् २०१६ यता पेरुमा आठौँ राष्ट्रपति चयन हुन लागेको हो । पेरुमा राजनीतिक अस्थिरता बढ्दै गएको छ । देशभर बढ्दो राजनीतिक असन्तुष्टिका बीच पेरुमा आउँदो अप्रिलमा आमचुनाव हुने तयारी छ ।

सम्बन्धित खबर