२०८२ फागुन ६ बुधवार , १२:२६:५३ बजे

Sajhamanch
'

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

बुधवार, फागुन ६, २०८२

काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ ।

प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खबर