२०८२ फागुन ५ मङ्गलवार , १२:०८:५९ बजे

Sajhamanch
'

बङ्गलादेशमा बीएनपी अध्यक्ष रहमानले आज प्रधानमन्त्रीको शपथ लिँदै

मङ्गलवार, फागुन ५, २०८२

झापा । बङ्गलादेशको बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ ।

रहमानको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकामा रहेको राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ । स्थानीय समय अनुसार बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी भैरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशले निमन्त्रणा पठाएका १३ देशमा नेपालसहित चीन, भारत, मलेसिया, साउदी अरब, टर्कीए, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । गएको बिहीबार सम्पन्न चुनावमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको छ ।

बङ्गलादेशको संसद्मा कुल ३५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले कुल २१२ सिटमा जित हासिल गरेको हो ।

सम्बन्धित खबर