२०८२ माघ २८ बुधवार , १०:५६:४६ बजे

Sajhamanch
'

बिर्तामोडमा अगरबत्ती तथा बाटेको धुप बनाउने उद्यमशील तालिम

बुधवार, माघ २८, २०८२

बिर्तामोड । प्राकृतिक अगरबत्ती तथा बाटेको धुप बनाउने सात दिने तालिम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । सफल तालिम केन्द्र अर्जुनधारा ७ को आयोजना तथा शाखा कार्यालय बिर्तामोड ३ को संयोजनमा बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल सैनिकमोडमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा आयोजित तालिममा हात तथा मेसिनको सहायताबाट प्राकृतिक जडीबुटीहरु प्रयोग गरेर अगरबत्ती र बाटेको धुप बनाउन सिकाइएको तालिम संयोजक सावित्रा पाठकले जानकारी दिनुभयो ।

सन्तोषकुमार श्रेष्ठको सहजीकरणमा भएको सात दिवसीय तालिममा झापाको बिर्तामोड वडा नं. ३ का २८ जना महिलाहरुको सहभागिता थियो । गत माघ २२ गते कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीले उद्घाटन गरेको उक्त तालिमको समापन आज प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरेले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेर सम्पन्न भएको थियो ।