२०८२ माघ २७ मङ्गलवार , ०६:४६:४० बजे

Sajhamanch
'

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

मङ्गलवार, माघ २७, २०८२

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिनु भएको हो ।

उहाँका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा थप ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।

सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढे नचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । सडकबाट खसेको बस नदीमा डुबेको थियो ।

सम्बन्धित खबर