२०८२ माघ २१ बुधवार , ०६:१७:१८ बजे

Sajhamanch
'

रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम बढ्ने : अध्ययन

बुधवार, माघ २१, २०८२

झापा । बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनले रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने निष्कर्ष निकालेको छ ।

यूके बायोबैंकका झन्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्षअनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३० देखि ५० प्रतिशतसम्म बढेको देखिएको छ ।

हरेक रात उज्यालो प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको ३२ प्रतिशत र स्ट्रोकको २८ प्रतिशतले बढेको पाइएको अमेरिकी वैज्ञानिक पत्रिका जेएमए नेटवर्क ओपनमा प्रकाशित प्रतिवेदनमा भनिएको छ । रातको कृत्रिम प्रकाशले दिमागमा तनाव बढाउने, धमनीहरूमा सूजन ल्याउने र शरीरको प्राकृतिक जैविक घडीलाई बिगार्ने गरेको अध्ययनमा उल्लेख छ ।

वैज्ञानिकहरूले राम्रो स्वास्थ्यका लागि पूर्ण अन्धकारमा सुत्न सिफारिश गरेका छन् । यस्तै सुत्नुभन्दा ४ घण्टा अगाडिदेखि नै बत्ती कम गर्न र ब्ल्याकआउट पर्दा प्रयोग गर्न वैज्ञानिकहरूको सुझाव छ ।

यो अध्ययनले रातको प्रकाशलाई हृदयरोगको एउटा प्रमुख जोखिम कारकका रूपमा हेर्नुपर्ने निष्कर्ष दिएको छ । विशेषज्ञहरूका अनुसार यो खोजले सार्वजनिक स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको बढ्दो प्रयोगले यो समस्या झनै गम्भीर बन्दै गएको छ ।

सम्बन्धित खबर