
काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ।
एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराउनु भएको छ ।
‘हामी घोषणा पत्र तयारीमा छौं । चाँडै नै यो सार्वजनिक हुनेछ । नेकपा (एमाले)ले राष्ट्रियहित, स्वतन्त्रताको, स्वाभिमानको सबाल, राष्ट्रियताको सबाललाई जोड दिन्छ,’ उहाँले भन्नुभयो, ‘घोषणा केन्द्र आउँदा यी विषय केन्द्रित हुन्छ । सामाजिक सद्भाव कायम गर्ने कुरालाई एमालेले जोड दिन्छ । विकास निर्माणसँग जोडिएका आयोजनामा हामी केन्द्रित हुन चाहन्छौं ।’
उहाँले सुशासनसँग जोडिएका कुराहरू भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगारलगायत विषय घोषणा पत्रमा समेटिने बताउनु भयो ।
‘संविधान संशोधनका कुराहरू पनि समेटिनेछन् । हामी बोल्छौं । यसपटकको घोषणामा पृथक ढंगले हामी प्रस्तुत भएको पाउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउछौं ।’


