२०८२ माघ २१ बुधवार , ०२:००:०६ बजे

Sajhamanch
'

लिबियाका पूर्वनेता मुअम्मर गद्दाफीका छोरा सैफको गोली हानी हत्या

बुधवार, माघ २१, २०८२

झापा । लिबियाका पूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानेर हत्या भएको छ ।

५३ वर्षीय सैफको हत्या भएको पुष्टि उहाँका राजनीतिक प्रमुखले गरेका लिबियन न्यूज एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सैफलाई गद्दाफीको उत्तराधिकारीका रूपमा हेर्दै आइएको थियो । सैफको गृहनगर जिन्तान निवासमा ‘चार जना कमान्डो’ को युनिटले हत्या गरेको आशंका गरिएको छ ।

सैफ अल–इस्लामको राजनीतिक पक्षधरले लिबियाको न्यायपालिका र अन्तर्राष्ट्रिय समुदायसँग घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

मुअम्मर गद्दाफीले सन् १९६९ देखि सन् २०११ मा एउटा विद्रोहमार्फत् सत्ताच्युत हुनुअघि लिबियामा शासन गरेका थिए जो सन् २०११ मै मारिए ।

सन् २०२१ मा सैफले राष्ट्रपतिय चुनाव लड्ने प्रयास गरेका थिए । तर अनेक विवादका कारण चुनावी प्रक्रिया नै रोकिएको थियो ।

सम्बन्धित खबर