२०८२ माघ २० मङ्गलवार , ११:२८:१४ बजे

Sajhamanch
'

ससुराली पुगेर पत्नीको ज्यान लिए, पछि आफैंलाई सिध्याए

मङ्गलवार, माघ २०, २०८२

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर गएका थिए । त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।

श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर