२०८२ माघ १९ सोमवार , १२:४२:५३ बजे

Sajhamanch
'

जनवरीमा ९२ हजार ५७३ जना पर्यटक नेपाल आए

सोमवार, माघ १९, २०८२

काठमाडौं । जनवरी महिनामा ९२ हजार ५७३ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको जनवरीको तुलनामा १५ दशमलव ७ प्रतिशत धेरै पर्यटक नेपाल भित्रिएका हुन् । गएको वर्षको जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल आएका थिए ।

जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बङ्गलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ जना पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी दक्षिण एशियाली देश (सार्क) बाट ३६ हजार ३७५ जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित खबर