२०८२ माघ १८ आइतवार , ११:५६:१४ बजे

Sajhamanch
'

डिजेल र मट्टीतेलको भाउ बढ्यो

आइतवार, माघ १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १२८ रूपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९६६, पोखरामा ७४५ र भैरहवामा ७३३ तोकिएको छ ।