२०८२ माघ १६ शुक्रवार , १२:५६:१३ बजे

Sajhamanch
'

बरफ पग्लिए पनि नर्वेजियन टापुमा ध्रुवीय भालुहरू मोटा र स्वस्थ

शुक्रवार, माघ १६, २०८२

झापा । बरफ पग्लिए पनि नर्वेजियन टापुमा ध्रुवीय भालुहरू मोटा र स्वस्थ रहेका वैज्ञानिकहरूले बताएका छन् ।

जलवायु परिवर्तनका कारण समुद्री बरफ निरन्तर घट्दै गए पनि नर्वेजियन आर्कटिक द्वीपसमूह स्वालबार्डमा ध्रुवीय भालुहरू सन् १९९० को दशकको शुरू नै मोटा र स्वस्थ रहेको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ध्रुवीय भालुहरू समुद्री बरफमा भर पर्छन् जहाँबाट उनीहरूले ‘ब्लबर’ अर्थात् समुद्री स्नतधारी प्राणीहरूको बोसोयुक्त खानाका लागि सिलहरूको शिकार गर्छन् । भालुको बोसोको भण्डारले ऊर्जा र इन्सुलेशन प्रदान गर्नुका साथै माउहरूलाई बच्चाहरूका लागि प्रशस्त दूध उत्पादन गर्न सहयोग पुर्‍याउँछ ।

अनुसन्धानकर्ताहरूले सन् १९९२ देखि २०१९ सम्म स्वालबार्डमा ७७० वटा वयस्क ध्रुवीय भालुहरूको तौल र नाप लिँदा उनीहरू उल्लेखनीय रूपमा मोटा भएका पत्ता लागेको खबरमा उल्लेख छ ।

स्वालबार्डका भालुहरूले रेनडियर र वालरस लगायत जमिनमा आधारित शिकारहरू खाएर बरफ पग्लिँदा हुने परिवर्तनहरूसँग आफूहरूलाई अनुकूलन गरेका अनुसन्धानकर्ताहरू विश्वास गर्छन् ।

‘साइन्टिफिक रिपोर्ट्स’ जनर्लमा प्रकाशित यो अनुसन्धानमा विश्वव्यापी तापक्रम वृद्धिले यस क्षेत्रमा प्रतिवर्ष बरफरहित दिनहरूको सङ्ख्या बढिरहेको छ । तर यसको असर ध्रुवीय भालुहरूमा परेको देखिँदैन ।

भालु जति मोटो हुन्छ त्यति नै राम्रो हुने नर्वेजियन पोलर इन्स्टिच्युटका प्रमुख अनुसन्धानकर्ता डा। जोन आर्स बताउनुहुन्छ ।

सम्बन्धित खबर