२०८२ माघ १४ बुधवार , ०६:५५:२० बजे

Sajhamanch
'

प्रतिनिधिसभाका ६४५ उम्मेदवारको शैक्षिक विवरण खाली

बुधवार, माघ १४, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको शैक्षिक पृष्ठभूमिलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । कतिपय उम्मेदवारले उम्मेदवारी फारममा शैक्षिक योग्यताको विवरण खाली राखेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका उम्मेदवारहरूको विवरण विश्लेषण गर्दा शैक्षिक पृष्ठभूमि विविध देखिएको छ । सामान्य साक्षरतादेखि विद्यावारिधि ९पीएचडी० उपाधि हासिल गरेका व्यक्तिहरूसम्म संसद्‌मा पुग्ने प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार कुल ३ हजार ४०६ जना उम्मेदवारमध्ये झण्डै १९ प्रतिशतले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । आयोगमा बुझाइएको विवरण विश्लेषण गर्दा ६४५ जना उम्मेदवारले शैक्षिक योग्यता उल्लेख नगरेको पाइएको हो ।

शैक्षिक योग्यता नखुलाएका उम्मेदवारमध्ये ८ जनाले विवरणमा ‘–’ चिह्न राखेका छन् भने बाँकी ६३७ जनाले सम्बन्धित विवरण खाली छाडेका छन् । त्यस्तै २५२ जना उम्मेदवारहरुले शैक्षिक योग्यताको विवरण भरे पनि अस्पस्ट छन् । ती उम्मेदवारहरुको भरेको शैक्षिक विवरण स्पष्ट खुलाएका छैनन् ।

यद्यपि, नेपालको प्रचलित कानुनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि शैक्षिक योग्यता अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था भने गरेको छैन ।

सम्बन्धित खबर