२०८२ माघ १४ बुधवार , ०५:०४:४१ बजे

Sajhamanch
'

हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

बुधवार, माघ १४, २०८२

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।

फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल (बेंशी) मै रहेन भएकाले त्यस्ता ठाउँहरूको मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको हो ।

गृह मन्त्रालयका एक अधिकृतका अनुसार, २१ फागुनमा पनि अधिकांश मानिस तल नै हुने भएकाले उच्च हिमाली क्षेत्रको मतदानस्थल नै सार्नेबारे गृहकार्य सुरु गरिएको हो ।

यसबारे सुरक्षा निकायसँग समन्वय गरेर काम सुरु गरिएको छ ।

सुरक्षाकर्मीहरू पनि त्यतिबेलासम्म तल नै हुने भएको हुँदा मतदानस्थल नै सारेर निर्वाचन गराउन सकिनेबारे अहिले गृहकार्य सुरु गरिएको ती अधिकृतले बताउनु भयो ।

सम्बन्धित खबर