
भोजपुर । नेकपा (एमाले)का सचिव एवम् भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
मतदातासँग भेटघाट कार्यक्रममा रहेका राईले एक भिडियो सन्देशमार्फत भोजपुरे जनताको आवश्यकता, माग र चाहनाहरुलाई प्रतिनिधित्व गर्न पुनः एकपटक उम्मेदवार बनेको बताउनु भयो। विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको स्मरण गराउँदै उहाँले धेरै योजना सम्पन्न भएको, कति बनिरहेको बताउनु भएको छ ।
अधुरा, अपुरा रहेका योजना सम्पन्न गराउने उहाँको प्रतिवद्धता छ ।


