२०८२ माघ १३ मङ्गलवार , ०४:२२:५१ बजे

Sajhamanch
'

साढे ६ करोड बिगो मागदाबी गर्दै भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आचार्य सरकारी सेवामा नियुत्त भएको २०४८ साल माघ ६ गतेदेखि २०८० साल असार ६ गतेसम्मको चल–अचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यको कुल सम्पत्ति १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

यसमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसाको स्रोत पुष्टि नभएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो । अख्तियारले स्रोत पुष्टि नभएको रकम बराबरको बिगो मागदाबी कायम गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनार्थ आचार्यकी श्रीमती लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ ।

सम्बन्धित खबर