२०८२ माघ १२ सोमवार , ०६:४६:१९ बजे

Sajhamanch
'

९ वटा जिल्ला डढेलोको उच्च जोखिममा

सोमवार, माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ ।

कार्ययोजनाअनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरि ९ वटा जिल्ला उच्च जोखिममा रहेका छन् । त्यस्तै अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखालगायत विभिन्न १३ वटा जिल्ला मध्यम जोखिममा छन् ।

कार्ययोजनामा वन डढेलोका सम्भावित प्रभावहरू, वन डढेलोबाट प्रभावित हुने जिल्लाहरू, कार्ययोजनाको उद्देश्य, रणनीतिहरूलगायत समेटिएको छ । त्यस्तै प्राथमिकताका क्षेत्रहरू, वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीरउपकरणहरू र बजेट व्यवस्थापनको विषय समेटिएको छ ।

प्राधिकरणकाअनुसार नेपालमा भएका डढेलोका घटनामध्ये ६४ प्रतिशत मानिसले जानजान लगाएको पाइन्छ । त्यस्तै ३२ प्रतिशत मानवीय लापर्बाहीका कारण घटना हुने गरेका छन् । चार प्रतिशत घटनाको कारण खुलेको छैन ।

गृह मन्त्रालयका अनुसार पछिल्लो ६ वर्षमा देशभर डढेलोका १९ हजार ५९३ वटा घटना भएकोमा ५९३ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर