२०८२ माघ ११ आइतवार , १२:२४:४९ बजे

Sajhamanch
'

कोशीमा दुई सिटमा एमाले-कांग्रेस गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा

आइतवार, माघ ११, २०८२

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य सदस्य चयनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अपराह्न ३ बजेसम्म मतदान हुनेछ । ‘कोशी प्रदेशमा दुई पदका लागि निर्वाचन हुँदै छ । निर्वाचन प्रक्रिया कानुनअनुसार, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ,’ उहाँले भन्नुभयो ।

मतदान सकिएपछि सर्वपक्षीय बैठक गरेर गणना समेत आज साँझबाटै सुरु गरिनेछ ।

यसपटक कोशी प्रदेशबाट राष्ट्रिय सभामा महिला, दलित र अन्य समूह गरी तीन सदस्य चयन हुँदै छन् । अन्य समूहअन्तर्गत एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

नेकपाका उम्मेदवार एक मात्र मनोनयन परेपछि थापा निर्विरोध भएका हुन् । संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन् ।

दलित र महिलातर्फ भने निर्वाचन हुने भएको छ । एमाले-कांग्रेस गठवन्धनले दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेलाई उम्मेदवार बनाएको छ। नेकपाले दलिततर्फ मोरङका खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ।

निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरी कूल ३६७ मतदाता सहभागी हुनेछन् । जसमा २७४ स्थानीय तहका जनप्रतिनिधि र ९३ प्रदेशसभा सदस्य छन् । मतभार प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।

सम्बन्धित खबर