
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका छन् ।
महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंले आज सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
विगतमा पनि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गरिएको तर बाँकी रकम नबुझाएको हुँदा बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालयमा सम्पर्क राखी बुझाउनुपर्ने रकम बुझाउन र नबुझाएमा चलअचल सम्पत्ति दाबी गरी कानून अनुसार असुल उपर गरिने भनिएको छ ।


