२०८२ माघ ९ शुक्रवार , ०६:०४:४९ बजे

Sajhamanch
'

जापानकी प्रधानमन्त्रीद्वारा संसद् विघटन, आउँदो फेब्रुअरी ८ मा मध्यावधि चुनाव

शुक्रवार, माघ ९, २०८२

झापा । जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसद् विघटन गर्नुभएको छ । प्रधानमन्त्री ताकाइचीले आज संसद्को तल्लो सदन (प्रतिनिधिसभा) आउँदो फेब्रुअरी ८ मा मध्यावधि चुनावको घोषणा गर्नुभएको समाचार संस्था एपीले जनाएको छ ।

गएको अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । ४६५ सदस्यीय तल्लो सदन विघटनसँगै आउँदो मङ्गलवारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान शुरू हुने खबरमा उल्लेख छ ।

सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ ।

माथिल्लो सदनमा भने गठबन्धनसँग बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपरेको अवस्था छ ।

महँगीविरुद्ध र आप्रवासीको सवालमा ताकाइचीको नीतिलाई लिएर जापानमा लोकप्रियता बढेको छ । अहिले झिनो बहुमत मात्रै भएकाले काम गर्न सहज हुने गरि बहुमत ल्याउन उहाँको आकस्मिक चुनाव घोषणा गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर