२०८२ माघ ९ शुक्रवार , ०५:२७:१७ बजे

Sajhamanch
'

विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यालय पुग्नुभएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा आज पार्टी कार्यलय सानेपामा पुग्नुभएको हो ।

थापा सानेपा पुग्दा स्वागतका लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरूले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए । साथै उनीहरूले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको बैठक पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको हो । बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने छ ।

गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौमा चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक शुरू भएको छ ।

सम्बन्धित खबर