२०८२ माघ ९ शुक्रवार , ०३:४५:२१ बजे

Sajhamanch
'

अमेरिकाभित्र टिकटक सञ्चालन गर्नेबारेको नयाँ सम्झौता

शुक्रवार, माघ ९, २०८२

झापा । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक अन्ततः नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले आफ्नो अमेरिकी सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको हो, जसको धेरै स्वामित्व अमेरिकी लगानी कर्ताको हुने बीबीसीले जनाएको छ ।

यस सम्झौताअनुसार टिकटकको संस्थापक कम्पनी बाइटडान्सको स्वामित्व अब १९.९ प्रतिशतमा मात्र सीमित रहनेछ । बाँकी स्वामित्व अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लिनेछन् । यससँगै टिकटकले पहिलोपटक अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरेको छ ।

अब अमेरिकाका टिकटक प्रयोगकर्ताको सबै जानकारी अमेरिकामै रहेको सुरक्षित कम्प्युटर प्रणाली ९क्लाउड० मा राखिने खबरमा भनिएको छ । यस नयाँ व्यवस्थापछि चीनका प्राविधिक कर्मचारीहरूको टिकटक अमेरिकामा दैनिक कामकाजमा प्रत्यक्ष पहुँच रहने छैन ।

यो व्यवस्था टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जाल सम्बन्धी एपहरूमा पनि लागू हुनेछ । यद्यपि केही राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता दुई वर्षअघि सन् २०२४ मा पारित अमेरिकी राष्ट्रिय सुरक्षा कानूनको मर्मअनुसार पूर्ण रूपमा मिल्दैन भन्ने आलोचना गरेका छन् । यस सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र लाखौँ व्यवसायलाई टिकटक प्रयोग गर्न निरन्तर अवसर प्रदान गरेको छ ।

सम्बन्धित खबर