२०८२ माघ ९ शुक्रवार , ०३:२२:२२ बजे

Sajhamanch
'

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच स्वीजरल्याण्डमा भेटवार्ता

शुक्रवार, माघ ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।

विश्व आर्थिक सम्मेलनका क्रममा स्वीजरल्याण्डको डाभोसमा सहभागी दुईनेताबीचको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यको चाहना सबैको भएको प्रतिक्रिया दिनुभयो ।

ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले सम्मेलनलाई सम्बोधन गर्दै युद्ध अन्त्यका लागि तयार पारिएका दस्तावेजहरू लगभग पूरा भइसकेको दाबी गर्नुभयोे । उहाँले युक्रेन इमानदारी र दृढ संकल्पका साथ अघि बढिरहेको बताउनु भएको बीबीसीले जनाएको छ । साथै, रूस पनि आक्रमण अन्त्य गर्न तयार हुनुपर्ने जेलेन्स्कीको भनाइ छ ।

भेटका क्रममा अमेरिका, युक्रेन र रूसका प्रतिनिधिमण्डलहरूबीच संयुक्त अरब इमिरेट्समा त्रिपक्षीय बैठकको तयारी बारे छलफल भएको खबरमा उल्लेख छ । यो भेटलाई युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर