
झापा । भारतको झारखण्ड प्रहरीले सारण्डा जङ्गद क्षेत्रअन्तर्गत कुम्बाडीह गाउँ नजिक हिजो भएको मुठभेड़मा नक्सलवादी नेता अनल दत्तसहित १५ जना नक्सली मारिएको पुष्टि गरेको छ । बीबीसी हिन्दीका अनुसार एक करोड रुपैयाँ इनाम तोकिएका ‘अनल’ दस्ताका कमाण्डर अनल दत्त मारिएको पुष्टि भएको हो ।
नक्सलवादीविरुद्धको सुरक्षा कारबाही आज पनि चल्ने त्यहाँको प्रहरीले जनाएको छ । झारखण्ड प्रहरी मुख्यालयले दिएको जानकारीअनुसार मृतकमध्ये अहिलेसम्म ११ जनाको पहिचान भइसकेको छ ।
यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै १५ नक्सलवादी मारिनु नक्सलवादीमुक्त अभियानको ठूलो सफलता भएको बताउनुभएको छ ।


