२०८२ माघ ७ बुधवार , १०:१७:१९ बजे

Sajhamanch
'

एसईई चैत १९ गतेदेखि

बुधवार, माघ ७, २०८२

काठमाडौं । कक्षा १० को अन्तिम बोर्ड परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म सञ्चालन हुने भएको छ ।

शैक्षिक क्यालेन्डर अनुसार विगत वर्षहरुमा झै चैतको पहिलो साता हुनुपर्ने एसईई प्रतिनिधि सभाको चुनावका कारण धकेलिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।