
झापा । अफगानिस्तानको राजधानी काबुलमा एक चिनियाँ रेस्टुरेन्टबाहिर भएको विस्फोटमा परि सात जनाको ज्यान गएको छ । विस्फोटमा परि २० जना घाइते भएका अधिकारीहरूलाई उदृध्त गर्दै बीबीसीले जनाएको छ ।
काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको शहर–ए–नाउ क्षेत्रमा भएको विस्फोटमा ज्यान गुमाउनेमा एक चिनियाँ नागरिक र ६ अफगानी नागरिक रहेका छन् ।
ज्यान गुमाउने चिनियाँ नागरिकले श्रीमती र अफगानी सहकर्मीसँग मिलेर रेस्टुरेन्ट चलाउने गरेका खबरमा उल्लेख छ । रेस्टुरेन्टको भान्सा नजिकै भएको विस्फोटको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
यसैबीच अतिवादी सङ्गठन ‘इस्लामिक स्टेट’ (आईएसआईएस) ले यो विस्फोटको जिम्मेवारी लिएको छ ।


