२०८२ माघ ६ मङ्गलवार , ०२:३२:२७ बजे

Sajhamanch
'

शीर्ष नेताहरू को कहाँबाट उम्मेदवार बन्दै 

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गर्न मुख्य दलका शीर्ष नेताहरू आ–आफ्नो चुनावी क्षेत्रमा पुगेका छन् ।

मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने क्रम शुरू भएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापाको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

कांग्रेसका सभापति गगन थापाले विगतको काठमाण्डौ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक रुकुम पूर्वबाट उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै नेकपाका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफ्नो क्षेत्र रौतहट–१ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल यस पटक उम्मेदवार नबन्ने हुनुभएको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले दाङ–२ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

डा। बाबुराम भट्टराई गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाडौं –३, एमाले नेता ईश्वर पोखरेल काठमाडौं–५ र कांग्रेस नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवार बन्नुभएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बन्नुभएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन झापा–३ बाट उम्मेदवार बन्नुभएको छ ।

सम्बन्धित खबर