२०८२ माघ ६ मङ्गलवार , ०१:४९:४५ बजे

Sajhamanch
'

कांग्रेस विवाद : देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको छ ।

निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत लगएको थियो ।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यस विरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।

आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो ।

सम्बन्धित खबर