२०८२ माघ ६ मङ्गलवार , ०१:१५:१३ बजे

Sajhamanch
'

निमुवामा भएको सवारी दुर्घटनामा दुईजना जेसीजकर्मीको मृत्यु

मङ्गलवार, माघ ६, २०८२

झापा । मोरङको निमुवामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगास्थित निमुवामा सोमबार साँझ करिब ७ः३० बजे भएको दुर्घटनामा दुहबी जेसीजका दुई जना सक्रिय जेसीजकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दुहबी जेसीजका सन् २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा र सन् २०२४ का अध्यक्ष प्रकाश शाह रहेका छन्।

प्रहरीका अनुसार उनीहरू कोशी क्षेत्रमा पिकनिक सकेर घर नफर्की विराटनगर जेसीजको पद हस्तान्तरण कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनाको कारण र संलग्न सवारी साधनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर