२०८२ माघ ६ मङ्गलवार , १२:०९:१२ बजे

Sajhamanch
'

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेख्नुभएको छ । यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।

सम्बन्धित खबर