२०८२ माघ ५ सोमवार , ०६:०२:२७ बजे

Sajhamanch
'

एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जान्छ : ओली

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावको सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले भन्नुभयो, ‘शान्ति सुरक्षाको अवस्था राम्रो बन्नुपर्छ । हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधसभा चुनावका लागि भोलि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि पुग्नुभएको हो ।

गएको भदौमा भएको नवयुवा आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलो पटक पुग्नुभएको हो ।

सम्बन्धित खबर