२०८२ माघ ५ सोमवार , ०४:४१:२२ बजे

Sajhamanch
'

पूर्णबहादुर खड्का चुनाव नलड्ने, प्रचार–प्रसारमा जाने

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने हुनुभएको छ । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उहाँ २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने हुनुभएको हो ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उहाँनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।

‘पूर्ण दाइ चुनाव लड्न हुन्न । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ उनीनिकट एक नेताले भन्नुभयो ।

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताउनु भएके छ ।

‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिल्का राख्ने,’ ती नेताले भन्नुभयो, ‘संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिक्का बनाउँछु भन्नुभएको छ ।’

सम्बन्धित खबर