
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ । सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो । खड्कालगायतका नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ ।
देउवा समूहको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशनले गएको पुस ३० गते नयाँ कार्यसमिति चयन गरिसकेको छ ।


