२०८२ माघ ४ आइतवार , ०२:४४:३५ बजे

Sajhamanch
'

राष्ट्रिय सभाको आजको बैठक सकियो, अर्को बैठक माघ ९ गते बस्ने

आइतवार, माघ ४, २०८२

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव पारित गर्दै सकिएको हो ।

आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा नभएकाले सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रश्ताव पारित गर्दै माघ ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले बैठक सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बसेको हो ।

भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि पहिलो पटक संघीय संसदको बैठक बसेको हो । आन्दलोनपछि प्रतिनिधि सभा विघटन भएको छ भने भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

सम्बन्धित खबर