२०८२ माघ ४ आइतवार , ०१:२७:३५ बजे

Sajhamanch
'

इरानमा भएका प्रदर्शनमा हजारौँ मानिस मारिएका इरानी सर्वोच्च नेताको स्वीकार

आइतवार, माघ ४, २०८२

झापा । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ ।

एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको छ । तर खामेनेईले ती मृत्युहरूका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

अमेरिका मुख्यालय रहेको इरानी अन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएनए) का अनुसार पछिल्लो प्रदर्शनमा हिंसात्मक दमन गरिँदा ३ हजार ९० जनाको ज्यान गएको छ । कतिपय अधिकारवादी संस्थाहरूले मृतकका सङ्ख्या त्यो भन्दा धेरै बढी भएको बताइरहेका छन् ।

इन्टरनेटमाथि लगाइएको प्रतिबन्धका कारण वास्तविक सूचना प्राप्त गर्न कठिन भइरहेको छ । देशहको बिग्रदो अर्थतन्त्रलाई लिएर गएको डिसेम्बर २८ तारिखमा शुरु भएको प्रदर्शन बढ्दै जाँदा हिंसातमक बनेको हो । प्रदर्शकारीहरूमाथि अत्यधिक बल प्रयोग भएका छन् ।

इरानमा इन्टरनेट र सञ्चार सेवा लगभग पूर्ण अवरुद्ध रहेको छ । पछिल्ला केही दिनमा हिंसात्मक घटनामा कमी आएको बताइए पनि इन्टरनेटमाथि पूर्ण प्रतिबन्ध रहेकाले त्यहाँको अवस्था प्रस्ट छैन ।