२०८२ माघ ४ आइतवार , १२:१८:४७ बजे

Sajhamanch
'

सिङ्गापुरमा विद्युतीय चुरोटविरुद्ध कडा अभियान

आइतवार, माघ ४, २०८२

झापा । सिङ्गापुरले भेप अर्थात् विद्युतीय चुरोटविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै देशमा भेप प्रतिबन्धित भए पनि पछिल्ला दिनमा लागूऔषध मिसाइएका भेपहरु समेत कालोबजारमा लोकप्रिय हुँदै गएपछि सरकारले कडा कदम चालेको बीबीसीले जनाएको छ ।

सिङ्गापुरमा भेप राखेमा मात्र जेल, पुनस्र्थापना केन्द्र वा कोर्रा सजायसमेत हुन सक्छ । तस्करहरूले एयर कन्डिसनर, बिजुली सामानजस्ता वस्तुभित्र लुकाएर सिङ्गापुरमा भेप पुर्‍याउने गरेका पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सिङ्गापुरको अभियानलाई टर्निङ पोइन्ट भन्दै यसले आउँदो दशकको विश्वव्यापी सुर्तिजन्य र लागूऔषध नीतिमा ठूलो प्रभाव पार्ने बताएको छ ।

विश्वभर भेपको प्रयोगले युवा पुस्तामा स्वास्थ्य समस्या बढिरहेका बेला धेरै देशहरूले कडा नियमनको तयारी गरिरहेका छन् । सिंगापुरको कडा कारबाही अरू देशका लागि उदाहरण बन्न सक्ने विज्ञहरूले बताएका बीबीसीको खबरमा उल्लेख छ ।

भेप अर्थात् विद्युतीय चुरोटले तरल पदार्थलाई तताएर वाफ उत्पन्न गर्दछ । यसलाई परम्परागत चुरोट बिँढीको विकल्पका रूपमा प्रयोग गरिए पनि स्वास्थ्यमा गम्भीर असर पार्ने अध्ययनहरूले देखाएका छन् । विशेषगरी के–पोड्स भनिने लागूऔषध मिसाइएका भेपहरु युवामा निकै लोकप्रिय भइरहेका छन् ।

सम्बन्धित खबर