२०८२ माघ २ शुक्रवार , ०३:४५:४८ बजे

Sajhamanch
'

कोशीका अधिकांश जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रवार, माघ २, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

कोशी प्रदेशमा रहेका २८ वटा निर्वाचन क्षेत्र मध्ये अधिकांशमा निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचान कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश निर्वाचान अधिकारी युवराज गुरागाँइले आज भोली नै स्थापना नभएका निर्वाचन क्षेत्रमा पनि कार्यालय स्थापना हुने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘अहिले ९८ भन्दा बढि स्थानमा कार्यालय स्थापना भइसकेको छ। एक दुई दिन भित्रमै कार्यालय स्थापना हुने छ ।’

कोशीमा जम्मा ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन् । जसमध्ये १८ लाख २८ हजार २१३ पुरुष र १७ लाख ४६ हजार ७३ जना महिला मतदाता रहेका छन् ।

सम्बन्धित खबर