२०८२ माघ २ शुक्रवार , ११:५१:४५ बजे

Sajhamanch
'

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो ।

अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दीपायलमा प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३५ रुपैयाँ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खबर