२०८२ पौष ३० बुधवार , १२:३६:१६ बजे

Sajhamanch
'

सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीचको बैठक फेरि बस्ने गरी सकियो

बुधवार, पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज बिहान भएको बैठक सकिएको छ । उहाँहरुबीच फेरि अर्को चरणमा कुराकानी हुने भएको छ ।

आज बिहान महाराजगञ्जमा भएको छलफलमा सभापति देउवाले पार्टीलाई एकतावद्ध गर्न आफू हदैसम्म उदार हुन तयार रहेको बताउनुभएको छ । तर थापा र शर्माले महाधिवेशन प्रतिनिधिसँग सल्लाह गर्ने जवाफ दिनुभएको छ ।

महामन्त्री थापा र शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आज आफैँ छलफलमा जुट्नुभएको हो ।

विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएपनि आउँदो चुनावमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्नेलगायत विषय टुंगिन बाँकी नै छ ।

बिहान देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुग्नुभएको थियो ।

सम्बन्धित खबर