२०८२ पौष ३० बुधवार , १२:१७:४६ बजे

Sajhamanch
'

चीनमा शेयर बजारको विश्लेषण र भविष्यवाणी गर्ने एआई मोडल सार्वजनिक

बुधवार, पौष ३०, २०८२

झापा । चीनले पहिलोपटक मौसम परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभाव विश्लेषण गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ ।

चीनको मौसम विभाग (सीएमए) का अनुसार यो पहल जलवायु जोखिम व्यवस्थापनतर्फको एक महत्त्वपूर्ण प्रगतिशील कदम हो । ‘शाङ्जी–१’ नामक एआई मोडल शाङ्घामा रहेको फुदान विश्वविद्यालय र राष्ट्रिय मौसम सूचना केन्द्रले संयुक्त रूपमा विकास गरेका चिनियाँ समाचारसंस्था सिह्वाले जनाएको छ ।

यो मोडलले मौसमसँग सम्बन्धित विभिन्न तत्वहरूले शेयर मूल्यमा पार्ने प्रभावको मूल्याङ्कन गर्छ । यसका आधारमा लगानी निर्णय लिन र वित्तीय जोखिम व्यवस्थापन गर्न नयाँ उपकरणको रूपमा प्रयोग गर्न सकिनेछ ।

मुख्य विकासकर्ता झाओ यान्सियाका अनुसार, यो मोडलले विश्वव्यापी मौसम डाटा र चीनको ऐतिहासिक स्टक कारोबार डाटाको प्रयोग गरेर ए–सेयर बजारका धेरै स्टकहरूको छोटो अवधिको प्रतिफल अनुमान गर्न सक्षम छ ।

परीक्षणका क्रममा यसले सौर्य ऊर्जा, पेट्रोकेमिकल, निर्माण र कृषि जस्ता उद्योगलाई सही रूपमा पहिचान गर्न सकेको देखिएको छ ।

सम्बन्धित खबर