२०८२ पौष ३० बुधवार , ११:५०:५४ बजे

Sajhamanch
'

कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै

बुधवार, पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुट्नुभएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई महाराजगञ्जमा रहेको आफ्नै निवासमा छलफलका लागि बोलाउनुभएको हो । देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुग्नुभएको छ ।

यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा चुनावी प्रक्रिया शुरू भएको छ । यसअघि विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच गएराति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानैदेखि शीर्ष नेताहरु थप छलफलमा जुटेका छन् ।

सम्बन्धित खबर