२०८२ पौष २९ मङ्गलवार , ०२:३५:१६ बजे

Sajhamanch
'

रुस–युक्रेन युद्ध रोक्नेबारे वार्ताका लागि अझै अनुकूल अवस्था नआएको युरोपेली सङ्घको प्रतिक्रिया

मङ्गलवार, पौष २९, २०८२

झापा । फ्रान्स र इटालीका नेताहरूले युरोप युक्रेन युद्धकोबारेमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सक्रिय हुने समय आएको बताएपछि युरोपेली सङ्घले युक्रेनमा अझै अनुकूल अवस्था नभएको बताएको छ ।

ईयूका प्रवक्ता पाउला पिन्होले कुनै बिन्दुमा राष्ट्रपति पुटिनसँग पनि वार्ता गर्नुपर्ने र यसबीचमा धेरै काम भइरहेका बताउनुभयो । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युरोपेली सङ्घले रुससँग उच्चस्तरीय वार्ता पुनः शुरु गर्ने समय आएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पुटिनसँग पटक–पटक कुराकानी गरिसक्नुभएको छ । यसबीचमा युरोप र युक्रेनले अमेरिकासँग शान्तिका लागि नयाँ प्रस्ताव अघि सारिरहेका छन् जुन युक्रेनलाई बढी स्वीकार्य रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।