२०८२ पौष २९ मङ्गलवार , १२:०३:५० बजे

Sajhamanch
'

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री अराग्ची

मङ्गलवार, पौष २९, २०८२

झापा । इरानका विदेशमन्त्री अब्बास अराग्चीले सरकारले स्थितीलाई पकडमा ल्याएको र आवश्यक परे संवादका लागि तयार रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका विदेशमन्त्रीले आफूहरु युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताउनुभएको छ ।

इरानमा आन्दोलनकारीमाथि सत्तापक्षले गरेको दमनको विरोधमा विश्वभर प्रदर्शन भएको छ । दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लण्डनलगायत विभिन्न युरोपेली शहरमा प्रदर्शन भएको हो ।

न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा ठूलो सङ्ख्यामा प्रदर्शनकारीले इरानका नागरिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

गएको बिहीबारदेखि इरानमा इन्टरनेट र टेलिफोन सेवा बन्द हुँदा मानवीय क्षतिको विवरण थाहा पाउन मुश्किल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर आन्दोलनमा अहिलेसम्म ५८ जनाको ज्यान गएको तथा कम्तिमा १० हजार ६०० जना प्रहरी हिरासतमा रहेको विवरण छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेको भन्दै इरानमा गएको डिसेम्बर २८ यता आन्दोलन चलिरहेको छ । आर्थिक सुधारको मागसहित शुरु भएको आन्दोलन अहिले सत्ता परिवर्तनको मुद्दा बनेको छ ।