२०८२ पौष २८ सोमवार , ०२:५३:२१ बजे

Sajhamanch
'

कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय कार्यसमिति विघटनको प्रस्ताव

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेश भएको छ ।

कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको चुनाव गर्ने उल्लेख छ ।

नेपाली कांग्रेसको २०७८ साल मङ्सिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको थियो ।

बन्दसत्रमा पुस २७ र २८ गते बोलाइएको विशेष महाविधेवशन वैधानिक रहेको भनि अनुमोदन गर्ने प्रस्तावसमेत पेश हुने भएको छ । त्यस्तै विधानमा आवश्यक संशोधन, परिमार्जन र पार्टीको संरचनागत र साङ्गठनिक सुधारसम्बन्धी प्रस्ताव पनि पेश हुनेछ ।

विशेष महाविधेनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजकसहित पाँच सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गर्ने प्रस्ताव पनि भएको छ ।