२०८२ पौष २८ सोमवार , ११:४०:५९ बजे

Sajhamanch
'

कांग्रेस विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि, आज बन्द सत्र

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ गरी दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि थिए । नाम दर्ता प्रक्रिया र बन्द सत्र आज बिहानदेखि भृकुटीमण्डपमा शुरू हुँदैछ । संस्थापन पक्षको अनुपस्थितिबीच हिजोदेखि शुरू भएको विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नवीन प्रयोगको रुपमा हेरिएको छ ।

पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ । विशेष महाधिवेशनप्रति बढेको पक्षधरता, कार्यकर्तापंक्तिको सहभागिता र उनीहरूको ऊर्जाले विशेष महाधिवेशनको उद्घाटन सत्र उत्साहजनक देखियो ।

विशेष महाधिवेशनमा उपस्थित कार्यकर्तापंक्ति नेतृत्व र नीति परिवर्तनप्रति दृढ देखिएका छन् ।

सम्बन्धित खबर