२०८२ पौष २८ सोमवार , १२:०७:५८ बजे

Sajhamanch
'

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण

आइतवार, पौष २७, २०८२

काठमाडौं । देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर अनुसार वैशाख १ गतेदेखि हालसम्म ११ प्रकारका विपद्का घटनाबाट उक्त मानवीय क्षति भएको हो । प्राधिकरणले मृत्यु, घाइते, प्रभावित परिवारलगायतका विवरण संकलन गर्दै आएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण भएको छ । सर्पदंशबाट ९६ जनाको मृत्यु भएको छ भने आगलागीमा परी ६९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, बाढीका कारण ३७, पहिरोमा परी ७०, भारी वर्षाका कारण ७, चट्याङ लागेर ४४, वन डढेलोमा १, हावाहुरीमा ८, जनावरको आक्रमणमा ४२, लेक लागेर ३५ तथा हिउँ पहिरोमा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर