२०८२ पौष २७ आइतवार , ०९:४३:३३ बजे

Sajhamanch
'

विधान कार्यान्वयनका लागि लागिरहेको छु : शेखर कोइराला 

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सतर्क रहेको बताउनु भएको छ।

विशेष महाधिवेनशन सुरु हुनै लाग्दा एक भिडियो सन्देश जारी गर्दै उहाँले देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत जोगाउनुपर्ने काम कांग्रेसीको काँधमा आएको भन्दै पार्टी एकतामा ध्यान दिनुपर्ने बताउनु भएको हो ।

‘आज देश निर्वाचनको संघारमा छ । केही महिनामात्रै भएको छ । निर्वाचनिच सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको सरकार छ । संविधान क्षतिविक्षत अवस्थामा छ । ८ दशकअघि नेताहरूले लोकतान्त्रिक आन्दोलन सुरु गर्नु भएको थियो । निरंकुशसँग लड्दै लोकतन्त्रको सत्यलाई स्थापित गर्न सफल भयो,’ उहाँले भन्नु भएको छ , ‘हामी संविधान भावी निर्वाचनमार्फत बचाउने प्रयासमा छौँ । जेनजी आन्दोलनपछि सविधानहीनताको अवस्थालाई यतिचाँडो कसरी बिर्सिन सक्छौँ र ?’

जेनजी आन्दोलनमार्फत नेपालका राजनीतिक दलको विफलताको प्रश्न उठेको उहाँको भनाइ छ । कांग्रेसमा पनि यहीकारणले संगठित गतिविधि बढेको भन्दै उहाँले विशेष महाधिवेशनतर्फ संकेत गर्नुभयो।

‘राजनीनितक नेतृत्वमा प्रश्न यठ्यो । कांग्रेसमा संगठिन गतिविधिहरू अघि बढ्यो । कसैप्रति पार्टीमा निषेधको कुरा थिएन । मैले अभियाननै चलाएँ । म सँगै कांग्रेस विधि र प्रक्रियामा संघर्षरत थिएँ,’ उहाँले भन्नुभयो, ‘मेरो लड्ने शैली शान्त र मधुरो थियो । मेरो शैलीसँग साथीहरू असहमत भएको म बुझ्थेँ । तर पनि अधैर्य भएर अघि बढिनँ ।’

उहाँले आफ्नो व्यक्तिगत महत्वकांक्षा केही नभएको पनि बताउनु भएको छ । ‘मेरो निजी महत्वकांक्षी केही छैन । मन्त्री महामन्त्री हुने अवसर आए मैले रुची देखाइन । मलाई पार्टी सभापित र प्रधानमन्त्री बन्ने लोभ्याउँदैन । मैले मेरो परिवारबाट पाएको जीवन दर्शन यही हो । म शान्त आवाज उठाइरहने छु,’ उहाँले भन्नुभयो, ‘मैले सभापति देउवाको कार्यशैलीप्रति लड्नुपरेको थियो अर्कोतर्फ युवाहरूको कुरा पनि सम्बोधन गर्नुपर्ने थियो ।’

उहाँले पार्टीको कार्यसम्पादन समितिको बैठकमा लिखितरुपमै विशेष महाधिवेशनबारे धारणा राखेको पनि बताउनु भयो । ‘म विभाजन नहोस् भन्नेमा सतर्क थिएँ । मलाई यो पनि थाहा थियो – अपमान सहनुपर्छ । बीपीको मेलमिलाप कानुनको पन्नाबाट निस्केको थिएन । बीपीको अन्तर्आत्मा र नेपालीजनको आवाज थियो । म योबाट विचलिन हुन्न’ उहाँले भन्नुभयो ।

उहाँले सबै कांग्रेस मिलेर महाधिवेशनमा जान सकिँदैन भनेर प्रश्न पनि गर्नु भएको छ । ‘के हामी सबै कांग्रेसजन मिलेर एकागर गरेर महाधिवेशन गरेर जान सक्दैनौँ ? अन्तर्राष्ट्रिय समुदाय पनि हामी एक भएको हेर्न नचाहेका होलान् ?,’ उहाँले भन्नु भएको छ, ‘महाधिवेशन प्रतिनिधि धरोहर हुनुहुन्छ । पार्टीको विधान कार्यान्वयनको लागि भन्दै काठमाडौँमा आउनु भएको छ । निकासका लागि म निरन्तर लागिरहेको छ लागिरहन्छु ।’