
झापा । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध आक्रमण थालिएको जनाएको छ ।
सेन्टकमले एक्समा यो आक्रमण सन् २०२५ डिसेम्बर १९ तारिखमा घोषणा गरिएको अपरेसन हकआई स्ट्राइकको अंशका रूपमा रहेको उल्लेख गरेको छ ।
गएको डिसेम्बर १३ तारिखमा अमेरिकी सेनामाथि आक्रमण भएको र बदलामा हकआई स्ट्राइक थालिएको थियो । पछिल्लो आक्रमणका क्रममा ९० भन्दा धेरै क्षेप्यास्त्र प्रहार गरिएको छ ।
अमेरिकी सेना र साझेदारहरूले आईएस समूहका लक्ष्यमाथि हवाई आक्रमण गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘अपरेशन हकआई स्ट्राइक’ अन्तर्गत आईएस लक्षित आक्रमण तीब्र पारिएको बीबीसीले उल्लेख गरेको छ ।


