
झापा । इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलनमा दमन गरिएको तर विरोध प्रदर्शन नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘टाइम’ र बीबीसीका अनुसार अहिलेसम्म कम्तीमा २१७ जना मारिएका छन् । तेहरानका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको ज्यान गएकोबारे दर्ता गरिएको विवरण छ, तीमध्ये धेरैको गोली लागेर ज्यान गएको हो ।
बीबीसीले पनि रश्त शहरको एउटा अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । घाइतेहरूको सङ्ख्या अत्यन्तै धेरै रहेको उल्लेख छ । गएको डिसेम्बर २८ तारिखदेखि आन्दोलन शुरु भएको थियो ।
अस्तिदेखि इन्टरनेट र टेलिफोन सेवा समेत बन्द गरिएको छ । सुरक्षा निकायले आफ्ना छोराछोरीलाई प्रदर्शनमा सहभागी हुन नदिन र कुनै अप्ठारो अवस्था आइपरे गुनासो नगर्न अभिभावकलाई चेतावनी दिएको छ ।


