२०८२ पौष २४ बिहिवार , १०:०६:११ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट तेल उत्पादन गर्ने विषयमा छलफल गर्दै

बुधवार, पौष २३, २०८२

झापा । भेनेजुएलामा कच्चा तेलको उत्पादन फेरि शुरू गर्ने उद्देश्यले ट्रम्प प्रशासनले यसै हप्ताभित्र अमेरिकन तेल कम्पनीहरूसँग छलफल गर्ने तयारी छ ।

निकोलस मादुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाले एक्सन मोबिल, शेवरन र कोनोकोफिलिप्स जस्ता ठूला तेल उत्पादन गर्ने कम्पनीहरूलाई फेरि भेनेजुएला फर्काउने प्रयास गरेको हो ।

झन्डै दुई दशकअघि त्यहाँको सरकारले अमेरिकी तेल सञ्चालनहरू आफू मातहत लिएको थियो, जुन अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको हातमा सुम्पिन चाहन्छ ।

तर कम्पनीका अधिकारीहरूले भेनेजुएलाको जीर्ण भइसकेको तेल पूर्वाधारलाई सुधार्नका लागि अर्बौं डलरको लगानी र धेरै वर्षको मेहनत आवश्यक पर्ने संकेत गरेका रोयर्टसले जनाएको छ । भेनेजुएलासँग ठूलो तेल भण्डार रहेको छ । त्यहाँको कच्चा तेल विशेष रूपमा अमेरिकी रिफाइनरीहरूका लागि अत्यन्त उपयोगी मानिन्छ ।

सम्बन्धित खबर